५० मुक्तक ऋ: इन्द्रेणीको घुम्टोबाट चिहाएर हेर्दा हतारिँदै बटारिएको नदीसँग आफ्नै शरीर फेर्दा सुस्त सुस्त आफूसँग आफैं छुटिए जस्तो मन्द मन्द मुस्कान छरी आफ्नै चित्र केर्दा अ: भो भो नचिहाऊ, जूनै डाह गर्ला, धर्ती झर्ने नदी, तर्ने चाह गर्ला, आफू जस्तै छर्लङ्ग अर्को भेटिएपछि.. ऐना हेर्दै खुशी, हुँदै वाह गर्ला। ऋ: यमुनाको वारीबाट कुसुम बगाउँला जमुनाको पारी पुगी नजर फर्काउँला आकाश धर्ती एउटै ठानी फन्को मारे जस्तै गंगातटमा हवन गरी जीवन थन्काउँला अ: बगेको कुसुम मसम्म आएन भने, नजर भित्र मेरो चित्र अटाएन भने, २०मा मरी ८०मा जल्नुको पीडा.. त्यो जलनले शङ्ख ध्वनि पाएन भने। ऋ: कड्किएको पवनसँगै भड्किएको सास अन्धकारको पछ्यौरीमा अड्किएको आस कदम कदममा भारी हुँदै थाक्दै गएको घडी बन्नु भन्दा अगाडी कल्पनामै भत्किएको बास अ: छिट्टै थाकी कहाँ पुग्ने किन बिसाउँछौ र, तेल र पानी जबरजस्ती किन मिसाउँछौ र, एक त्यान्द्रो सपना, एक मुठी सास भए.. जाबो बासलाई जीवनसँग किन रिसाउँछौ र!! ऋ: बाच्छोबाट छुटाएको मरेतुल्य माउ काँडैकाँडाले भरिएको हाँसो बन्चित ठाउँ कसरी जानू जहान छोडी काकाकुल म सुन्न कुइरोको बादलले ढाक्ने त्यो गाउँ अ:
❤❤
ReplyDelete