Posts

Showing posts from 2020

यादको चिप्लेटी...

Image
 

माया...

Image
 

पाइलाहरू...

Image
 

समस्या...

Image
 

साक्षी समय...

Image
 

झनै प्यारी...

Image
 

विवशता...

Image
 

यादहरूको स्वाद...

Image
 

नदेखेको भविष्यको डर...

Image
 

मुक्तक भलाकुसारी

Image
५० मुक्तक ऋ: इन्द्रेणीको घुम्टोबाट चिहाएर हेर्दा हतारिँदै बटारिएको नदीसँग आफ्नै शरीर फेर्दा सुस्त सुस्त आफूसँग आफैं छुटिए जस्तो मन्द मन्द मुस्कान छरी आफ्नै चित्र केर्दा अ: भो भो नचिहाऊ, जूनै डाह गर्ला, धर्ती झर्ने नदी, तर्ने चाह गर्ला, आफू जस्तै छर्लङ्ग अर्को भेटिएपछि.. ऐना हेर्दै खुशी, हुँदै वाह गर्ला। ऋ: यमुनाको वारीबाट कुसुम बगाउँला जमुनाको पारी पुगी नजर फर्काउँला आकाश धर्ती एउटै ठानी फन्को मारे जस्तै गंगातटमा हवन गरी जीवन थन्काउँला अ: बगेको कुसुम मसम्म आएन भने, नजर भित्र मेरो चित्र अटाएन भने, २०मा मरी ८०मा जल्नुको पीडा.. त्यो जलनले शङ्ख ध्वनि पाएन भने। ऋ: कड्किएको पवनसँगै भड्किएको सास अन्धकारको पछ्यौरीमा अड्किएको आस कदम कदममा भारी हुँदै थाक्दै गएको घडी बन्नु भन्दा अगाडी कल्पनामै भत्किएको बास अ: छिट्टै थाकी कहाँ पुग्ने किन बिसाउँछौ र, तेल र पानी जबरजस्ती किन मिसाउँछौ र, एक त्यान्द्रो सपना, एक मुठी सास भए.. जाबो बासलाई जीवनसँग किन रिसाउँछौ र!! ऋ: बाच्छोबाट छुटाएको मरेतुल्य माउ काँडैकाँडाले भरिएको हाँसो बन्चित ठाउँ कसरी जानू जहान छोडी काकाकुल म सुन्न कुइरोको बादलले ढाक्ने त्यो गाउँ अ:

सधैंभरिलाई..!!

Image
लेख सधैंभरिलाई..!! अलिकता डर, अलिकता त्रास, अलिकता बच्चा दिमागमा पाएको तिम्रो समीपता, तिम्रो साथ, तिमीसँग बिताएका पल दिमागबाट मनमा खिचेर ठूलो फ्रेममा सजाएर राखेकी छु। मन सानो होला फ्रेम ठूलो छ। दिमाग अबुझ होला माया बुझ्झकी छ। विश्व ब्रह्माण्डको लागि तिमी सानो अणु जत्रै होलाऊ; मेरो लागि त्यही अणुभित्र विश्व ब्रह्माण्ड छ।   न सुरु न अन्त (त्य) भैदिए, जिन्दगी बढो सन्त भैदिए, प्रार्थना गर्दछु, तिमीसँगको.. समीपता झन् अनन्त भैदिए। बादल थियो। बादललाई ठोक्किने पहाड थिएन। पहाड थियो। अग्लाइमा मुस्कुराइदिने आकाश थिएन। आकाश थियो। आकाशलाई हेरिदिने धर्ती थिएन। धर्ती थियो। धर्तीलाई बर्सिदिने वर्षा थिएन। वर्षा थियो। ओत लाग्ने छानो थिएन। छानो थियो। छानोभित्र घर थिएन। घर थियो। भर थिएन। अनि त तिमीसँगको ठोक्काइले ऐया भएन। छानोभित्र घर आयो। घरभित्र भर आयो। भरभित्रको मनमा तिमी अटायौ। तिमीभित्र सारा सपना अटायो। सारा संसार अटायो। अनि त्यही संसारभित्र म नाचिरहेकी छु। बाँचिरहेकी छु। 

दिमाग १ - ० म

Image
लेख दिमाग १ - ० म आज जेठ ६ गते, मंगलवार। आउँदो बिहिवार नतिजा आउने सम्भावना ज्यादै धेरै छ रे। भन्नाले अबको हप्ता इन्टरनेटमा नतिजा पक्कै भेटिन्छ। जेठको सुरुवाती हप्ता। गर्मी उकालो चढ्दै छ। उकालो चढ्दा गर्मीलाई पनि गर्मी हुँदो हो, बेला बखत चौतारीमा बिसाउँछ। सुईय सुस्केरा हाल्दै फेरि उक्लिन्छ। बाहिर कोरोनाकाे लकडाउन छ। सन्नाटा बीचै कोलाहल सुरु हुन लागिसकेको छ। दिनभर गुँडमा बसेका मान्छे तितरबितर हुन लागिसकेका छन्। मेरो मुटु भने दिनभर स्थिर नै दौडिरहेको थियो। अब भने अस्थिरता च्याप्प समातेर दौडिँदै छ। Supraventricular Tachycardia हुन्छ कि Atrial Fibrillation हुन्छ कि Sinus Tachycardia मै चित्त बुझाएर बस्ने हो मेरो Cardiovascular System; सम्झँदै आङ सिरिङ्ग बनाएर आउँछ। चितवनको यस्तो गर्मीमा पनि काँडा उम्रिन्छन्। अरूलाई त के घोच्दथे, आफूलाई भने छियाछिया बनाइसके।

नसल्किएको खिल्ली

कथा नसल्किएको खिल्ली  साँझको बेला। म चोकमा निस्किएँ। घरभन्दा अलिक परको चोक। दिनभर व्यापार गरेका पसलका सटर स्यार्र र ट्यार्र गरेर बन्द हुँदै थिए। होटलमा २० रूपैयाँ लिन्छन्। किरानामा ५ रूपैयाँ भएपनि सस्तो पाइन्छ। सुनेकै भरमा किराना दौडिएँ। बत्तीको प्रकाश र प्रकृतिको प्रकाश एउटै चहकमा दौडिरहेका थिए।  "साहुजी एक खिल्ली।"  साहुनी अन्योलमा थिइन् - बत्ती बालौं कि नबालौं! बालिन्। निभाइन्।  "बाल्दिनुहोस् साहुनी, ३-४ मिनेटमा बाल्नु परिहाल्छ।" "पर्‍याछैन, ३-४ मिनेटपछि नै बाले हुन्छ।" साहुजी कड्किए। "त्यही ३-४ रूपैयाँको लोभले ग्राहक भड्केको थाहा छैन।" साहुजीकी छोरी पनि कड्किइन्।  "सूर्य दिऊँ कि शिखर भाइ?"  अन्योलता त सरुवा पो रहेछ। अघिको अन्योलता साहुनीले मलाई पो सारिदिइन्।  "सूर्य दिनु न।" उनको अन्योलता मेट्न खोज्दा साहुजी कड्किए पनि मेरो अन्योलता भने उनैले मेटिदिइन्।  "लाइट दिऊँ कि रेड?" अर्को प्रश्न तेर्साए साहुजीले। प्रश्न हो कि अवसर। अवसर हो कि अन्योलता। अकमक्क परें।  "१५ वाला दिनुस् न!"

बडेमानको प्रश्न?

Image
लेख   बडेमानको प्रश्न? आज नयाँ वर्ष, बिहान सबेरै उठी नारायणी स्नान गर्न भनेर हर्केकी आमा निस्किन्छिन्। नारायणी नदी किनार श्रद्धालु भक्तजनहरूले भरिभराउ हुन्छ। अलिकता ठाउँ देख्छिन् अनि सूर्य देवता भन्दै जल चढाउँछिन्। रक्षा गर हरि भन्दै छेउमा जल लैजाने भनेर राखेको डिब्बा खोज्छिन्। भेट्दिनिन्। "मुर्दार कुन चैं ले टप्काएछ, त्यसका हात त ठुनुक्कै हउन्" सराप्दै छेवैको मजेत्रो समाएर निस्कन लाग्दा डिब्बा देख्छिन्। धन्य प्रभु भन्दै जल भर्छिन्। गाडीमा आउँदै गर्दा कसैले छोइदिन्छन् कि भनेझैं अलग्गै बस्छिन्। ओर्लँदा एउटी अधबैंसे महिलासँग ठोक्किन पुग्छिन्। फेरि के-के भनेर सराप्छिन्। सह-चालकलाई पैसा अलग्गै दिएर घर पुग्छिन्, ठुलै धर्म-कर्म गरेजस्तो गरेर।  "धारणात् धर्म ईत्याहु: धर्मो धारयते प्रजा:"  धर्म भनेको धारणा गर्ने कुरो हो। किसानको धर्म के हो? चिकित्सकको धर्म? गुरूको धर्म? सिपाहीको धर्म? बाबाको धर्म? आमाको धर्म? सन्तानको धर्म? धर्तीको धर्म? आकाशको धर्म? प्रकृतिको धर्म? धर्ती, आकाश, प्रकृतिले आफ्नो धर्म निभाएजस्तै सबैले यथास्थानबाट आ-आफ्नो धर्म निर्वाह गरे बल्ल

ल टूँ पारौं!

Image
कविता ल टूँ पारौं! कहिले सपनाको डर लाग्छ, कहिले बिपनाको करै करमा जन्मिएका रहरहरूले कुन प्रहरमा हो, शहर घचेट्छन्। खोइ खोइ को आइपुगेछ, मेरो अगाडि? असली रहर हस्याङ्गफस्याङ्ग गर्दै आइपुग्छ - ए, हजूर पो! ढोग भेटमै गेटबाट गलत्ताइन्छ।