कसरी भ्रम हुन्छ र आमा!
कविता
मर्ने
हजारौं बाटाहरूलाई उछिन्दै
सिङ्गो बाटोभरी जन्म उभिन्छ।
त्यो जन्मलाई उभ्याउने तिमी हुन्छौ।
सत्य जन्म हो।
सत्य मृत्यु हो।
अझै धेरै सत्य तिमी हौ।
खै, कसरी पो भन्न सक्छु-
जीवन मिथ्या हो।
अझै,
तिमीले दिएको जीवन
कसरी भ्रम हुन्छ र आमा!
भैंसीलाई
कुँडो तताउने निहुँमा
ठूलो मुढो अगेनालाई निलाएर,
त्यो पुषको तुसारो
एक भित्ताको अनुहार
एक आम्खोरा पानी
त्यही अगेनाबाट सारेर दिँदा
म विचरा बबुरो,
गिजरको तातो पानीले
बानी मात्रै पारेको हो आमा।
अझै पनि त्यो अगेनाको
सुवासलाई खोजिरहन्छु।
खै, कसरी भेट्टाउन सक्छु
अगेनामा अल्झेको न्यानोपन।
एक निमेषमै उडे पनि,
बच्चामा,
तिमीले छल्देकी जीवन
कसरी भ्रम हुन्छ र आमा!
धेरै
कुरा छन् लेख्न,
अझै धेरै कुरा छन् लेखिन,
त्यो भन्दा नि धेरै छन् पढ्न,
कसरी भन्न सक्छु,
म अघाएँ भनेर।
सिङ्गो धर्तीभन्दा विशाल
आकाशभन्दा बिराट
ममतामयी तिमी छौ।
खै कसरी पो पढ्न सक्छु,
तिमीले भोक छैन भन्दै
अन्तिम पन्यु
मेरो थालमा थप्देकी।
अझै धेरै कुरा छन् लेखिन,
त्यो भन्दा नि धेरै छन् पढ्न,
कसरी भन्न सक्छु,
म अघाएँ भनेर।
सिङ्गो धर्तीभन्दा विशाल
आकाशभन्दा बिराट
ममतामयी तिमी छौ।
खै कसरी पो पढ्न सक्छु,
तिमीले भोक छैन भन्दै
अन्तिम पन्यु
मेरो थालमा थप्देकी।
अनि,
तिमीले थप्देकी जीवन
तिमीले थप्देकी जीवन
कसरी भ्रम हुन्छ र आमा!
[🙏मातातीर्थ औंसी विशेष🙏]
I was waiting for your today's post💯❤🌍
ReplyDelete