सायद उसकाे मन ढुङ्गा भएकाे हुँदाे हाे।
लेख सायद उसकाे मन ढुङ्गा भएकाे हुँदाे हाे। बरु ढुङ्गा भैदिएको भए कति धेरै सहनशील बन्ने थिएँ। नदीभित्र नदीकाे पीँधमा गजक्क परेर बसेका ढुङ्गाका कापमा माछाका बथानले लगाएका काउकुतीले न त हँसाएकाे नै छ। न त नदीकाे बहावले अलिक टाढा पुर्याईंदिदा आफन्त, नातेदार, घर-परिवार, प्रेमी-प्रेमिका छुटे भनेर रूवाएकाे नै छ। न त वर्षाैं एकै ठाउँ रहिरहँदा लागेका लेउले नराम्री देखिएकी छु भन्ने दुखेसाे नै छ। जे छ, वाह छ! दाम्मी छ! बबाल छ! नदी भित्रका के कुरा। मेरा पैतालालाई टेका दिइरहेका ढुङ्गा पनि मुसुमुसु हाँसेकै त छन्। आधा कुइन्टेल बाेक्नुपरेकाे आभास देखिदैन। लात्ताे लगाइस् भन्ने गुनासाे भेटिदैन। बगरमा नदीले छाडिदिएकैले हथाैडा खानुपरेकाकाे मुहार कुच्चिँदाे हाे तर खुशी कुच्चिएकाे भने छैन। दमाैली, मादी नदी किनारमा बसिरहँदा आएका यी साेच सायद उसलाई पहिल्यै आएकाे हुँदाे हाे। नआओस् पनि कसरी, सानैदेखि लुगा धुन खाेला धाउने बानी जाे पर्या छ। खाँबाे गाडेकी हुँदी हाे त्यही खाेला बगरमा। खाँबाेलाई मियाे बनाएर दिमागकाे तराजुमा जाेखेकी हुँदी हाे; मेराे मन, उसकाे मन। धेरै बेर नियालिसकेपछि, कतै थपेकी हुँ