नमन!!
लेख नमन!! (गुरूपूर्णिमा विशेष) गुँडजस्तै गर्भमा ओथारो बस्नै नपाई गोठमा बाँधिएका गाई अनि गरामा गाडिएका बोटबिरुवा स्याहार्दै गाह्रा ती नौ महिना कटाउँदा गहभरिका आँशु नछचल्काइकन मनभरिका खुशीसँग साटेर गोलाकार पृथ्वीमा यो तेरो गोरेटो भन्दै गुड्काइदिएकी मेरी आमा। नमन। गोलो टाउकोबाट गालासम्मै पसिना गुडाएर मेरा गिजामाथि गमक्क परेका दाँत हँसाउन गन्जागोल गोरेटोमा इलमको गाडा धकेलेर गोजीमा भरेका गेडीले गाग्रीभरिका आवश्यकता अनि गगनचुम्बी रहरहरू गुन्द्रीमा टुसुक्क बसेर गज्जबैले पूरा गरिदिने मेरा बाबा। नमन।