फेब्रुअरी : एक प्रेमकथा
कथा फेब्रुअरी "तिमी भै'देको भए मेरो जीवनमा..." मेरो कुरा टुंगिन नपाउँदै ऊ कराउँछे - "धेरै नसोच के यस्ता कुरा, बिनासित्ती गलाउँछन्।" भन्छु - "अँ खुबै, देखिछैनौ झन् सशक्त हुँदै छु त म.." ऊ खिस्स हाँस्छे। "पछि आउँछु ल.. पसलमा मान्छे आए" अनुमति माग्छे। "राम्री राम्री मान्छे पसलमा बसेपछी मान्छे नआउने त कुरै भएन नि" थपिदिन्छु मैले पनि।