प्रकृति बर्सिन्
कविता
प्रकृति बर्सिन्
दुखीका हातमा हात थमाएर ढाप मार्दै
ठीक हुन्छ भन्ने कोही भेटिनन्, प्रकृति बर्सिन्
सुखीका हर्षमा हाँसी हाँसी आँसु झारिदिने
हेरिन् चारैतिर बेफुर्सदिला, प्रकृति बर्सिन्।।
सफा जङ्गल फोहोर बस्ती लेखेको 'नमुना टोल'
मानव हुन् कि दानव? असह्य भो, प्रकृति बर्सिन्
कलकारखाना गाडी-घोडा कुहिरो धुँवाको
आँखा पोलेछ बेस्सरी, प्रकृति बर्सिन्।।
नहरमा कमिला बगरमा माछा
फत्र्याक फत्र्याक उफ्रेका देखिन्, प्रकृति बर्सिन्
आकाश हेर्दै खडेरीका दिन गन्दै बसेका
खेतका डिलमा किसान भन्दै प्रकृति बर्सिन्।।
यो हो कि, त्यो हो कि लख काट्नै गाह्रो
खै के कुरामा चित्त बुझेन, प्रकृति बर्सिन्।।
प्रकृति बर्सिन्
ठीक हुन्छ भन्ने कोही भेटिनन्, प्रकृति बर्सिन्
सुखीका हर्षमा हाँसी हाँसी आँसु झारिदिने
हेरिन् चारैतिर बेफुर्सदिला, प्रकृति बर्सिन्।।
मानव हुन् कि दानव? असह्य भो, प्रकृति बर्सिन्
कलकारखाना गाडी-घोडा कुहिरो धुँवाको
आँखा पोलेछ बेस्सरी, प्रकृति बर्सिन्।।
फत्र्याक फत्र्याक उफ्रेका देखिन्, प्रकृति बर्सिन्
आकाश हेर्दै खडेरीका दिन गन्दै बसेका
खेतका डिलमा किसान भन्दै प्रकृति बर्सिन्।।
खै के कुरामा चित्त बुझेन, प्रकृति बर्सिन्।।
Comments
Post a Comment