प्यारीसँग बातचित
मुक्तक प्यारीसँग बातचित #प्यारीमा_समर्पित म : सिल्की कपाल, मृगी आँखा जुधे एउटीसँग, कतै टाढा मन र मुटु उडे एउटीसँग, ईशारामै बोलाई वर, अचेत भैसकेछु... अचम्मकै ज्वरभाटा कुदे एउटीसँग।। प्यारी : नाम भनन ईशारामा बोलाउँदिन अब, तिम्ले जस्तै तिम्लाई सम्झी लोलाउँदिन अब, मागे हुन्छ मनमुटुमा फुल फुलेको भए... दिउँला सोची, घरीघरी टोलाउँदिन अब।। म : नाम त दिउँला, पछि मेरो थर माग्यौ भने ?