ऊ, आफ्नी तर अर्काकी: भाग-३
कथा ऊ, आफ्नी तर अर्काकी भाग-३ पिलिक - पिलिक मोबाइलमा बत्ती बल्यो। नोटिफिकेसनमा थियो - "You missed a call from She." यत्तिकैमा "She sent you a message." लेखिएको थियो "m coming.." सोचें भेट हुने कुरो पो थ्यो क्यारे। लगाइरहेको टि - सर्ट बाहिर सर्ट हालें। पेन्टको पछाडिको खल्तीमा पर्स राखें। पानीले हात भिजाएर कपाल मिलाउँदै घर अगाडि पुगें। आँखाहरु वरपर भन्दा पनि पर त्यो अर्काकी निश्चित भइसकेकी ऊ आउने बाटोतिर लम्किरहेका थिए। खोजिरहेको थियो एउटा सेतो स्कुटी , त्यसमाथि टुसुक्क बसेकी , चस्मा लगाएकी , सम्भवत हरियो हेडबीनले कपाल पछाडि फ्याँकेकी .... यस्तै यस्तै के - के सोच्दासोच्दै च्याप्प समाइहाल्यो उसलाई मेरा आँखाले। आफ्नै रफ्तारमा आइरहेकी ऊ , अलि परबाट स्पीड कम गर्दै ब्रेक लगाउँदै ठ्याक्कै मेरै अगाडि रोकिई।